विलिङ्गटन । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले गत साता क्राइस्टचर्च हमलामा प्रयोग भएको सेमी–अटोमेटिक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउने बताएकी छन् ।
गत शुक्रबार बन्दुकधारीले दुई मस्जिदमा हमला गरी ५० जनाको हत्या गरेका थिए । यो हत्याकाण्डपछि न्युजिल्यान्डमा हतियार राख्ने नियमलाई लिएर बहस जारी छ ।
प्रधानमन्त्री आर्डर्नले बन्दुसँग जोडिएको नयाँ नियम ११ अप्रिलसम्ममा आउन सक्ने उल्लेख गरेकी छन् । उनले यस्ता हतियार राख्नेहरुबाट फिर्ता लिनका लागि एक औपचारिक नियम बनाइने बताएकी छन् ।
‘यो हमलाको ६ सदनपछि न्युजिल्यान्डमा सबै सेमी–अटोमेटिक (एमएसएसए) र एसल्ट राइफलमाथि प्रतिबन्ध घोषणा गर्न गइरहेका छौं,’ आर्डर्नले भनिन्, ‘यी बन्दुलाई एमएसएसएमा बदल्नका लागि उपयोग गरिने सम्बन्धित पार्टस् र सबै उच्च क्षमता भएका गोलीमाथि प्रतिबन्ध लगाइनेछ ।’
उनले आम नागरिकसँग भएका यस्ता हतियार खरिद गर्नका लागि १ सय देखि २ सय मिलियन डलर खर्च हुने बताइन् । यद्यपि हामी हाम्रो समुदायलाई सुरक्षित राख्नका लागि यो मूल्य चुकाउँछौं ।
एआर–१५ सहित सेमी–अटोमेटिक राइफलबाट लैस एक्लो बन्दुकधारीले गत शुक्रबार मस्जिदमा गोलबारी गराएका थिए । अस्ट्रेलियाका ब्रेन्टन ट्यारेन्टलाई न्युजिल्यान्डमा २०१७ मा बन्दुक राख्ने अनुमति प्राप्त भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५