काठमाडौं : संसारको सबैभन्दा खुशी देशका रुपमा फिनल्याण्डले ह्याट्रिक गरेको छ । उत्तरी युरोपी देश फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देशमा तेस्रो पटक परेको हो । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस प्रतिवेलनअनुसार फिनल्याण्डले ७।७६ अंक पाउँदै पहिलो स्थानमा कायम रहेको हो ।
फिनल्याण्ड पछिल्लो तीन वर्ष यता खुशी हुने देशको सूचीमा लगातार पहिलो स्थानमा पर्दै आएको छ । प्रतिवेदनअनुसार दोस्रो खुशी हुने देशमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्विटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रिया रहेको छ ।
सबैभन्दा खराब दक्षिण सुडान
सबैभन्दा खराब अर्थात १५६ औं स्थानमा भने दक्षिण सुडान रहेकाृ छ । यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया, रुवाण्डा, यमन, मालावी, सिरिया, बोट्सवाना र हैटी संसारकै दुखी देशको सूचीमा रहेका छन् । नेपाल विश्वमा १०० औं खुशी हुने देशमा परेको छ । प्रतिवेदलनअनुसार अनुसार १५६ देश मध्ये नेपालीहरू १०० औं स्थानमा परेको हो । छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५