नयाँ दिल्ली । भारतमा सन् १९९३–९४ पछि पहिलो पटक काम गर्ने पुरुषको संख्यामा गिरावट आएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार सन् २०११–१२ का काम गर्ने पुरुषको संख्या ३०.४ करोड थियो ।
यो संख्या सन् २०१७–१८ मा घटेर २८.६ करोड भएको छ । यो तथ्यांक नेशनल स्याम्पल सर्भे अफिसको हो । जुन तथ्यांक जारी हुँन बाँकी छ ।
रोजगारीमा आएको यो गिरावट गाउँ र सहर दुवैको हो । ग्रामीण भारतमा यो गिरावट ६.४ प्रतिशत र सहरी क्षेत्रमा ४.७ प्रतिशत छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५