कांग्रेस आईकी महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कोही पनि खुशी नभएको बताएकी छन् । लोकसभा निर्वाचन अभियानका क्रममा मंगलबार मोदीविरुद्ध कडा रुपमा प्रस्तुत भएकी उनले किसान,युवा कोही पनि मोदी सरकारको कामबाट खुशी नभएको बताइन् ।
लोकसभा चुनावको प्रचारप्रसारका क्रममा उनी गंगामार्ग बाट जलयात्रामा छिन् । सोही क्रममा उनी भोली प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र वाराणसी पुग्दैछिन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५