काठमाडौँ ।  मंगलबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको तोलामा ५०० रुपैयाँले घटेको हो। 
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।  
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भैरहेको छ ।  सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँको मूल्य कायम भएको थियो।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७