नयाँ दिल्ली ः भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका एक जवान मोहम्मद यासिन भट्टलाई अपहरण गरेको छ ।
एक महिनाको छुट्टी लिएर घर गएका यासिनलाई हतियारसहित आएको आतंकवादी संगठनले उनकै घरबाट अपहरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको खोजी भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
पुलवामामा आतंकवादी आक्रमण भएपछि भारत-पाकिस्तानबीचको तनावपूर्ण अवस्था केही समय शान्त भए पनि पुनः स्थिति तनावपूर्ण बन्दै गएको छ । केही समयअघि पलुवामा आतंकवादी समूहको आक्रमणबाट ४० भारतीय सैनिक मारिएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५