नब्बे प्रतिसत भन्दा बढि नेपाली जनताको चाहाना र भावना बिपरित तयार गरिएको नेपालको संबिधान २०७२मा रोपिएको बिष यतिबेला फल्न थालेको छ । आफ्नो देशका जनताको भावना भन्दा बिभिन्न अन्तराष्ट्रिय मुलुकहरको चाहाना पुरा गर्न निर्माण भएको सबिधान कार्यन्वयन आरम्भ नहुदै यसभित्र लुकेका कुत्सीत उदेश्यहरु एक एक गरि बाहिरिन थालेका छन । जसले मुलुक निर्माण गरयो, जसले यो मुलुकको अस्तीत्व कायम गरयो उसमाथीको घृणा र बहुसंख्यक नेपालीको जिवनपद्धतीका रुपमा रहेको यहाँको मौलिक धर्म संस्कृतिमाथी हुदै गरेको एकपछि अर्को आक्रमण त्यहि संबिधानमा रोपिएको बिषले दिन थालेको फल हो ।
पछिल्लो पटक हिन्दुधर्मका एकजना बिद्धवान धर्मगुरु माथी बिराटनगरमा गोली हानियो । उनको हत्याहेतुले गरिएको आक्रमणको उदेश्य मात्र श्रीनिवास माथीको आक्रमण होइन यो त आदीम काल देखि यहाँको जिवन पद्धतिको मुख्य हिस्साको रुपमा रहेको हिन्दु धर्म र संस्कार माथी बोलिएको धावा हो । नेपाल र नेपालीको मात्रै होइन सिगो भारतबर्षको सभ्यता संग जोडिएको हिन्दु धर्ममाथीको मुख्य आक्रमण अहिले भएको होइन यो त नेपालमा बाहिरि देशहरुको इसारामा निर्माण भएको सबिधान सभा मार्फत आरम्भ भएको हो ।
नेपाल युगौ देखि सनातन हिन्दु धर्मावलम्वीहरुको आरध्य भुमि हो । तत्कालीन भारतिय संस्थापन पक्षको प्रत्यक्ष सहयोग र निर्देशनमा सूरु भएको माओवादी हिंसा र त्यसमार्फत गरिएको तहस नहस अनि उहि भारतीय पक्षले तयार गरेको प्लट बमोजीम उसैको भुमिमा भएको दिल्ली सम्झौता अनि त्यसको बाई प्रडक्टका रुपमा निर्माण गरिएको सबिधान सभा । यि सबै घटनाक्रमको उदेश्य नेपालको स्थापित मुल्य मान्यता र नेपालीको एकताबद्ध जिवन पद्धतीमाथीको गंभिर आक्रमण सृखला थियो । हुनत आजको व्यबस्था स्थापना गर्नका लागि काठमाण्डौ लगायतका मुलुकका मुख्य मुख्य सहरहरुमा आन्दोलन पनि नभएको होइन तर त्यो आन्दोलनमा कहि कतै पनि आज हामी माथी जे व्यबस्था थोपरिएको छ त्यसको गुन्जायस सम्म थिएन । तत्कालीन आन्दोलनका नेतृत्वकर्ताको रुपमा उभ्याइएका सात दलले औपचारिक रुपमा सक्रिय राजतन्त्रको बिरोधमा आफ्ना कार्यकर्ता सडकमा उतारेका थिए भने सडकमा उत्रिएका युवा बिधार्थीहरुले कहि कतै आफ्ना मातृ पार्टीहरुको निर्णय भन्दा केहि कदम अघि बढेर गणतन्त्र स्थापनानको माग समेत गरेका थिए । तर त्यो सडक आन्दोलनमा धर्म निरपक्षको कुरा कहि कतै सुइको सम्म सुनिएको थिएन । सबिधान सभाको स्थापना पश्चात भएका कुनैपनि बहस र छलफलहरुमा समेत गणतन्त्रको कुरा उठाइएको भएपनि धर्म निरपक्षताको कुरा कसैले उठाएको सम्म थिएन ।
यद्धवी त्यो गणतन्त्रको नारा समेत नेपाली नेताहरुको अकाक्षा भन्दा उनिहरुका निर्देशकको चाहाना बमोजिम भएको षडयन्त्र बाहेक केहि होइन भन्ने कुरा समयसंगै खुल्दै गएका षडयन्त्रका पिटराहरुले छर्लग पार्दै गएका छन । तर धर्म निरपक्ष भन्ने सन्दर्भ र बिषयका बारेमा त नेपाली जनताले सामान्य जानकारी समेत पाएका थिएनन । उनिहरुलाई सुइको सम्म यसबारेमा थिएन । तर खास खास पार्टीका खास खास नेताहरुले आफ्नो मुल्य निर्धारण गर्दै आफुलाई धर्मनिरपक्षको सटटामा बिक्री गरेपछि नेपाल र नेपालीको इच्छा आकांक्षा बिरुद्ध अनावस्यक रुपमा थोपरियो धर्म निरपक्षताको ग्रहंगो भारी ।
निर्मम षडयन्त्रपूर्वक जनताको सामान्य राय सुझाव समेत लिन आबस्यक नठानी मात्र बिदेशीको निर्देशन मुल्तवी गर्ने नाममा नव्वे प्रतिसत बढि सनातन हिन्दु धर्मवालम्वी बसोवास गर्ने यो देवभुमिलाई बिदेशीहरुको प्रयोगशाला बनाउने काम गरियो । नयाँ सबिधान बनाउनका लागि अर्बौ रकम खर्च गरियो त्यतिका बर्ष लगाइयो । तर आफैले बनाएको प्रावधान समेतलाई लत्याउदै जनता संग सम्पूर्ण रुपमा राय सल्लाहनै लिइएन र लिएको सुझावलाई पनि पुरै रद्धीको टोकरीमा मिल्काउने काम गरियो । र जसरी पनि अरुको निर्देशन पालना गर्दै सनातन हिन्दुहरुको यो भुमिलाई जवरजस्त रुपमा धर्म निरपक्ष घोषणा गर्ने काम गरियो । हो त्यहि बाट आरम्भ भयो मुलुकमा अराजकता मच्चाउने र बिदेशीको प्रयोगशाला बनाउने काम । सबिधान कार्यन्वनय आरम्भ हुने बितिकै यसका बाछिटाहरु देखिन थालेका छन ।
संघियता कार्यन्वयनको पहिलो खुटकिलो आरम्भ नहुदै राजधानी काठमाण्डौ समेत रहेको प्रदेश ३का उपसभामुख राधिका तामाङमार्फत गैर हिन्दुहरुले गाइ काटेर खान पाउनुपर्ने र त्यस सम्बन्धमा आफुले कानुनै बनाउने उद्घोष गर्न लगाइयो । अनि बिदा कटाउने नाममा हिन्दुहरुको महत्वपूर्ण चाडपर्वमा दिइदै आएका बिदाहरु एकाएक कटौती गरियो तर नगन्य रुपमा रहेको क्रिश्चियन समुदायहरुको चाड पर्वमा दिइदै आएको बिदा यथावत राख्ने काम गरियो । जवकी अल्प संख्यक समुदायको सम्मान गर्नका लागि उनिहरुको चाडवाडको दिनमा सो धर्म मान्नेहरुलाई मात्रै बिदा दिए पुग्थ्यो नकि राष्टिय बिदा दिन आबस्यक थियो । किनकि कुनैपनि सरकारी अडडा अदालतमा काम गर्ने पनि जनसंख्याको अनुपातमा ९० प्रतिसत बढि सनातन हिन्दु धर्म अंगिकार गर्नेहरुनै थिए । त्यसकारण अल्पसंख्यक समुदाय सो दिन बिदामा बस्दा पनि कार्यालयको काममा कुनै असर पर्ने अवस्था थिएन । तर त्यसो गरिएन । र हुँदा हुँदा हिन्दुधर्मका एक स्वनामधन्य धर्मगुरु माथी हत्या गर्ने उदेश्य अनुरुप छातीमा गोली प्रहार गरियो ।
गाइ काटेर खान पाउनुपर्ने माग र धर्म रक्षक माथीको गोली प्रहार एकातिर हिन्दु धर्मावलम्वीहरुको सहनसिलताको परिक्षा हो भने अर्को मुलुकलाई तहस नहस बनाउने बिदेशीरुको पुर्ववत योजना बमोजिम रचिएको प्लट हो । जाति भाषाका नाममा, भोगल क्षेत्रका नाममा र त्यतिले पनि नपुगेर अन्तीम अस्त्रका रुपमा धर्मका नाममा नेपाली नेपालीहरु बिच द्धन्द्ध सृजना गर्दै नेपाललाई तहस नहस बनाउने योजना मुताविक चालिएको चलाकीपूर्ण कदमको रुपमा यसलाई बुझ्नुपर्छ । र यो कुनै एउटा घटना मात्रै नभएर ९० प्रतिसत बढि संख्यामा रहदा रहदै पनि हिन्दु धर्मावलम्वीहरुले त्यतिबेला देखाएको सदासयता र संयमताको फाइदा उठाउदै सिंगो धर्म र सभ्यता माथीको आक्रमण हो ।
हामी लोकतान्त्रीक व्यबस्थामा छौ यसको अर्थ लोकतन्त्रमा बहुसंख्यकहरुको आवाजलाई प्रथामिकता दिइन्छ । संसारमा आज पनि कैयन देशहरु इस्लामिक राज्यका रुपमा छन र कैयन देशहरु क्याथोलिक छन तर संसारमा एउटा मात्रै हिन्दु राज्यको रुपमा रहेको यहि मुलुकलाई धर्मनिरपक्ष बनाउने काम गरियो । जवकि नेपाल हिन्दु अधिराज्यका रुपमा रहदा समेत बाकि अल्पसंख्यकहरु माथी कुनै प्रकारको अन्याय अत्याचार भएको कहि कतै सुनिएको थिएन । सबैले आफ्नो आफ्नो मान्यता र परम्परा बमोजिमको आस्था मान्दै आएका थिए ।
बरु नेपाली समाज आफ्नो मौलिक परम्परा बमोजिम आफ्ना आफ्ना आस्थामा रमाउदै पारस्पारिक सदभावमा अटल रहेको थियो । हिन्दु आरध्यदेवहरुको भुमि, सनातन हिन्दु मध्यको बौद्ध धर्मावलम्वीहरुका आस्थाका केन्द्र भगवान गौतम बुद्धको देश शान्त र सालिन रुपमा रहेको थियो । तर केहि थान कपुतहरुको नालायकीपन र बिदेशहरुको षडयन्त्रबाट यस नयाँ सबिधानका नाममा बिष रोप्ने काम भयो । त्यहि बाट यो मुलुकको उधोगति आरम्भ भएको छ । अब बहुसंख्यक माथी अल्प संख्यकको कुरा थोपरिन थालिएको छ । हुँदा हुँदा बहुसंख्यक धर्म मान्नेहरका धर्मरक्षक माथी छातीमा गोली प्रहार गर्न थालिएको छ । बिहानले दिनको संकेत गर्छ भनेझै यो आफ्नै भुमि भित्र बहुसंख्यकहरुलाई अत्याचार गर्ने षडयन्त्रको संखघोष हो । अब पनि बहुसंख्यक हिन्दु धर्मावलम्वीरुले सबै षडयन्त्रहरुलाई आखा चिम्लीएर टुलुटुलु हरिरहने हो भने भोली आफ्नै भुमि भित्र शरणार्थी बन्नुपर्ने बेला नआउला भन्न सकिदैन ।
त्यसैले यो पार्टि त्यो पार्टि यो जात त्यो जात होइन आफ्नो गुमेको परम्परा र संस्कारलाई पुर्नस्थापना गर्न आजैबाट सबै नेपाली एकजुट हुनुपर्छ । खाली हिन्दु मात्रै होइन आस्थाका आधारमा अलग अलग धर्म मान्नेहरु सबै नेपालीले सोच्नु आबस्यक छ जवरजस्ती बनाइएको धर्म निरपक्षले हाम्रो प्यारो मातृभुमिलाई तहसनहस बनाउने बाहेक केहि गर्नेछैन । त्यसरी बाहिरियाहरुले सल्काएको आगो हिन्दुहरुको घरमा मात्रै होइन अन्य धर्म मान्नेहरुको घरमा पनि ढिलो चाडो सल्कीने छ । त्यसैले आफ्नो मौलिक परम्परा धर्म संस्कृतिको रक्षाका लागि अब पनि आखा चिम्लिने बेला छैन । आफु माथी हुदै गरेको अन्यायलाई परास्त गर्न सबै जाग्ने बेला हो । दलको दाम्लोमा बाधिएर आफ्नो संस्कार परम्परामाथी हुदै गरेको आक्रमणलाई टुलुटुलु हेर्ने बेला होइन । त्यसैले अब पनि बिदेशीहरु र तिनका केहि थान एजेण्टहरुको षडयन्त्रलाई आखा चिम्लिने हो भने भोली हामीले आफैले माफ गर्न सक्ने छैनौ ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४