–किरण देउजा
प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारको अन्तिम दिनमा मध्यान्ह तिर एउटा समाचार सनसनी रुपमा फैलियो । “काठमाडौ क्षेत्र नं ४ को चपली हाईटमा बम पड्क्यो, पूर्वमन्त्री गगन थापा सहित ११ घाइते “भन्ने खबरले देश पुरै तात्यो । बम भयंकर होला धेरै नै क्षति पुर्यायो होला भन्ने अनुमान धेरै नेपालीहरुले गरेका थिए र मैले पनि । अझ देशकै राजधानीमा दिन दहाडै बम पड्किदा सारा जनताहरु केही बेर आतंकित नै भए । जब घटनाको बारेमा खबरहरु खुल्दै गए तब जनताहरुले बुझ्दै गए, खासै ठूलो रहेनछ यो त चुनाबी फन्डा मात्र रहेछ भनेर बुझ्दै गए । निर्वाचनको क्रममा केही प्रोपोगन्डा र फन्डा हुन्छ, त्यो अनौठो होईन तर यहाँ त गम्भीर खालको फन्डा गरिएको छ । यी तलका केही तथ्यहरु हेर्नुस आफै कुरा बुझ्नुहुन्छ ।

तर्कसहित आउनुस बहस गरौं ।
काठमाडौँको चपली हाईटम बम पड्केकै होईन, अलि पावर खाले पटका आफैंले पडकाएर सहानुभूति बटुल्न खोजेका हुन । यो प्रश्नको उत्तर दिन सक्छन् ?
१. बम पड्केको वरिपरि कति क्षति भयो ?
२. बमको छर्रा लागेर कति घाईते भए ?
३. कोही न कोही त अंगभंग भयो होला ?
४. ल मानौ कानमा क्षति भयो रे, यदि त्यस्तै हो भने
–कपडा च्यात्तिएको हुनुपर्छ
–रगत बगेको हुनुपर्छ
–रगत कम बग्यो रे, यदि त्यसो हो भने रगतको केही न केही दाग हुनुपर्छ ।
५. घटना घटेको ठाउँको बम विष्फोट भएपछि एउट फोटो समेत देखिएन ।
६. घाइतेहरु गम्भीर भनियो, कस्तो प्रकृतिको हो, जानकारी दिइएन ।
७. ल घाइते भए रे, ती घाइतेको तस्बिर किन बाहिर आएन ?
८. यो पुरै प्रोपोगन्डा हो, चुनाबी फन्डा मात्र हो ! यदि होईन भने उनलाई भगवान मान्ने केही पत्रकारहरुले यो न्युजको किन फलोअप गरेनन् त ?
बारम्बार शंकास्पद खालका बिस्फोटका प्रकरण अाएपछि कार्टुनिस्ट रविन सायमीले तयार पारेको कार्टुन ।

(यो लेखकको निजी बिचार हो, यसले प्रकाशन संस्थाको आधिकारिक प्रतिनिधित्व गर्दैन ।–सम्पादक)
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४