काठमाडौं । नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट पदाधिकारीका उम्मेदवार बनेका दुवै नेता पदाधिकारी निर्वाचनमा असफल भएपछि केन्द्रीय सदस्यमा पनि जित निकाल्न सकेनन्।
उपाध्यक्षका उम्मेदवार रहेका बराल र उपमहासचिवका उम्मेदवार रहेका रिमाल केन्द्रीय सदस्यका लागि भएको मतदानमा क्रमशः ७५४ र ६३० मतमा सीमित भए। पदाधिकारी र केन्द्रीय सदस्य—दुवै तहको निर्वाचनमा पराजयसँगै उनीहरू यसपटक पार्टी नेतृत्व संरचनाबाहिरिएका छन्।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२