काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये अध्यक्षसहित १७ जना केपी शर्मा ओली नेतृत्वको समूहबाट निर्वाचित भएका छन्। प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल पक्षबाट भने दुई जना मात्र पदाधिकारीमा सीमित भएका छन्।
अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। पाँच उपाध्यक्षमध्ये चार जना ओली समूहबाट निर्वाचित हुँदा पोखरेल प्यानलबाट गोकर्णराज विष्ट मात्र उपाध्यक्षमा निर्वाचित हुन सफल भए।
महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। तीन उपमहासचिवमध्ये दुई जना ओली समूहका उम्मेदवार निर्वाचित भए भने पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भएका छन्।
सचिवका लागि निर्वाचित सबै नौ जना उम्मेदवार ओली समूहकै रहेका छन्। यस परिणामसँगै पार्टीको शीर्ष नेतृत्व र कार्यकारी संरचनामा ओली समूहको स्पष्ट बहुमत कायम भएको छ।
निर्वाचित पदाधिकारीहरूको सूची:
अध्यक्ष
– केपी शर्मा ओली
उपाध्यक्ष (५)
– पृथ्वीसुब्बा गुरुङ (ओली समूह)
– विष्णुप्रसाद पौडेल (ओली समूह)
– रामबहादुर थापा ‘बादल’ (ओली समूह)
– गोकर्णराज विष्ट (पोखरेल प्यानल)
– रघुजी पन्त (ओली समूह)
महासचिव (१)
– शंकर पोखरेल (ओली समूह)
उपमहासचिव (३)
– लेखराज भट्ट (ओली समूह)
– रघुवीर महासेठ (ओली समूह)
– योगेश भट्टराई (पोखरेल प्यानल)
सचिव (९)(सबै ओली समूह)
– महेश बस्नेत
– पद्माकुमारी अर्याल
– छविलाल विश्वकर्मा
– शेरधन राई
– हिक्मतकुमार कार्की
– खगराज अधिकारी
– यामलाल कँडेल
– राजन भट्टराई
– भानुभक्त ढकाल
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२