काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।
आज (मंगलबार) थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख २२ हजार २२७ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ भने ८ लाख ९ हजार ३८७ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २४२ जना रहेका छन् । जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९५ जना आइसियु र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८