कास्की । बाग्लुङ नगरपालिका–६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।प्रहरीले सोही नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई पक्राउ गरेको हो ।
शनिबार अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाको अनुसन्धान गर्ने क्रममा मादक पदार्थ सेवन गरि शिव र अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएको छ ।
उनीमाथि ज्यान मुद्दा सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८