काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८