काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३२९ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज (बिहीबार) थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख १९ हजार २५५ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ भने ८ लाख ५ हजार ९०० जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १०५ जना रहेका छन् । जसमध्ये ५ हजार ८३३ जना होम आइसोलेसनमा रहेका छन् भने २७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १२१ जना आइसियु र ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८