सिराहा । नेपाली कांग्रेसका युवा नेता डा सुभाष चन्द्र यादव कांग्रेसको आगामी महाधिवेसनका लागि सिराहाबाट महासमिति सदस्यमा निर्वाचित भएका छन् । सिंगो तराई मधेसमा लोकप्रिय छवि बनाउँदै लगेका नेता यादव आफ्नो क्षेत्रबाट सर्वसम्मत महासमिति सदस्यमा नर्वाचित भएका हुन। डा यादवकै पहलमा सिराहाको तीनवटै निर्वाचन क्षेत्रमा सबै प्रतिनिधिहरू सर्वसम्मत महाधिवेसन प्रतिनिधिमा चयन भएका हुन । यादवको पहलमा सिराहाको निर्वाचन क्षेत्र एक दुई र चारमा कांग्रेसले सर्वसम्मत रुपमा महाधिवेसन प्रतिनिधि चयन गरेको हो ।
सिराहा लगायत तराई मधेसबाट निर्वाचित भएका महाधिवेसन प्रतिनिधिहरूले डा यादवलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिन दवाव दिइरहेका छन । नेता कार्यकर्ताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन दवाव दिइरहेकाले उपयुक्त समयमा निर्णय लिने डा यादवले आजको न्युजलाई बताएका छन । राजनीतिक पृष्ठभूमि सहितको परिवारबाट प्रतिनिधित्व गरिरहेका डा यादव दुई दशक देखि राजनीतिमा निरन्तर सक्रिय छन । राजनीतिक र समाजिक क्षेत्रमा डा यादवले खेलिरहेको भूमिकालाई मध्यनजर गर्दै उनलाई त्यस प्रदेशका कांग्रेस कार्यकर्ताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन दवाव दिएका हुन । डा यादव कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरे त्यस प्रदेशमा कांग्रेस प्रति समर्थन बढ्ने विश्वास लिइएको छ ।
डा यादवले गृहजिल्ला सिराहामा राजनीतिक सक्रियताका अलावा आफ्नै स्वर्गीय पिताको नाममा सामुदायिक अस्पताल सञ्चालन गरि गरिब जनताको सेवा समेत गरिरहेका छन । पिता स्वर्गीय सहिद चन्द्रनारायण यादव ट्रस्टका माध्यमबाट उनले सिराहामा कृषि, खानेपानी र स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएका छन । सोही ट्रस्टको मध्यमबाट चन्द्रनारायण मेमोरियल सामुदायिक अस्पताल पनि सञ्चालन भइरहेको छ । उनका पिता जिल्ला विकास समिति सिराहाको सभापति भएकै बेला तत्कालीन विद्रोही माओवादीले हत्या गरिदिएको थियो । उनलाई तत्कालीन सरकारले सहिद समेत घोषणा गरेको थियो । पिताको अप्रत्याशित हत्या पछि डा यादव आमालाई सहयोग गर्न राजनीतिमा होमिएका थिए । जिल्लामा निकै लोकप्रिय रहेका उनका पिताका समर्थकहरूले अब उनका छोरा डा सुभाष चन्द्र यादवलाई केन्द्रीय राजनीतिमा सहभागी हुन आग्रह गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८