काठमाडौँ । एमाले सम्बद्ध बुद्धिजीवी तथा प्राज्ञहरूको संस्था नेपाल बुद्धिजीवी परिषदले आज चितवनमाविशेषप्राज्ञिक बहस तथा दिशा निर्देश कार्यक्रम गर्ने भएको छ । पार्टीको १०औ महाधिवेशनको पूर्वसन्ध्यामा समाजवादको आधार निर्माण प्राज्ञिकबहस तथा दिशानिर्देश विषयमा गर्न लागिएको बहसमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली सहभागी हुनेछन् ।
एमालेको महाधिवेसनलाई दिशानिर्देश गर्ने गरि आयोजना हुने सो कार्यक्रम पार्टी र पार्टी बाहिरका प्रख्यात बुद्धिजीवी र विज्ञहरूको सहभागिता हुने नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले जानकारी दिएका छन् । देशभर मजबुत संगठन भएको एमालेको नीति निर्माण तहमा विज्ञबुद्धिजीवीहरूको सहभागिता कम भइरहेको गुनासो आइरहेका बेला यस महाधिवेसनबाट त्यो समुहलाई पनि निती निर्माण तहमा पुर्याउने एमाले अध्यक्ष केपी ओलीले संकेत गरेका छन् । यसअघि परिषदकै आयोजनामा काठमाडौँमा एक बिचार गोष्ठीको पनि आयोजना भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८