कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगुको सदरमुकाम गमगढीमा लागेको आगलागीबारे अनुगमन गर्न मुगु गएका छन्।मुख्यमन्त्री शाही राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार (आज) बिहान मुगु गएका हुन् ।
काठमाडौँबाट टेन्ट, लत्ताकपडा र भाँडा लगिएको छ भने, सुर्खेतबाट खाद्यान्न र रेडक्रसको तत्कालीन सामग्रीहरू लगिएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।
मुख्यमन्त्री शाही मङ्गलवार दिउँसो नै मुगु जाने कार्यक्रम तय भए पनि हेलिकप्टर ढिला आएपछि कार्यक्रम स्थगन भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८