काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड सङ्क्रमित थपिएका छन् । ९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ ।
त्यस्तै आज १७० जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८