काठमाडौँ । इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घले सिफारिस गरेको हवाई भाडा दर अनुमोदन गरेपछि हवाई भाडा दर बढाइएको हो । कात्तिक २८ गतेदेखि नै नयाँ भाडा दर लागु भएको सङ्घले जनाएको छ ।
सङ्घकाअनुसार अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ ।
काठमाडौँ धनगढी रुटमा सबैभन्दा बढी २२० रुपैयाँ हवाई भाडा बढेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८