काठमाडौँ । पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११५ पीसीआर परीक्षणमा ४२२ र ३१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । भने ५५५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९१७४ रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८