काठमाडौँ । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ
आज शुक्रबार देशभरबाट ९३२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८