काठमाडौँ । पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।
बितेको २४ घण्टामा देशभरबाट ८८८ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन् । जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१४ जना आईसीयू र १११ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८