काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८