काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर भैरहेको बताए । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउन सक्ने विषयले सर्वसाधारणमा डर बढेको देउवाले बताएका हुन् ।
नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ।’
प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने र कोरोना महामारीलाई परास्त गर्न सबैजना एकजुट हुनुपर्ने बताउदै उनले निःशुल्क खोप दिन सरकारले कुनै कसुर बाँकि नराख्ने बताए ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८