काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिनुभएको हो।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि निर्वाचन गराउनुपर्नेछ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२