काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना संक्रमणमुक्त भएका छन् भने, ३२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८