काठमाडौँ । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष र वडा सदस्यसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ५५ वर्षीय वडा अध्यक्ष अमेरिका सहनी, सोही ठाउँका ४० वर्षीय वडा सदस्य बलिष्टर सहनी र सोही ठाउँ बस्ने ५२ वर्षीय रामआदेश सहनी पक्राउ परेका हुन् ।
वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ना१ब३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्समा लुकाइराखेको ७९ ग्राम खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरू तीनै जना एउटै मोटरसाइकल चढेर आएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पाखरियामा राखेर लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाइएको प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८