काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
बुधबार ३ हजार ९ सय १९ जनामा गरिएको पीसीआर परीक्षणमा थप १६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना सङ्क्रमित कोरोना भाइरस सङ्क्रमणमुक्त भएर फर्किएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ७८६ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार ३० जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७