काठमाडौं - आजको साता अन्तिम दिन सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीवारको तुलनामा छापावाल सुन शुक्रवार ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रवार चाँदीको मूल्यमा पनि थोरै वृद्धि भएको छ। बिहीवार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७