काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोबार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।
त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।
यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोबार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोबार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७