काठमाडौँ– मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७