काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा ११७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा ११५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७