काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । सुनको मूल्य ६ सय रुपियाँले आज घटेको हो । नेपाली बजारमा आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँका दरले सुनको कारोबार भइरहेको छ ।
अघिल्लो साताभर घटेको सुनको मूल्य अन्तिम दिन शुक्रबार भने बढेको थियो। शुक्रबार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७