काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा वृद्धि भएको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपियाँले वृद्धि भएको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय संघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य ४० रुपिायाँ वृद्धि भएर १३ सय ६० रुपैयाँ प्रतितोला कारोबार भइरहेको संघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७