काठमाडाैं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासकाे खाली सिलिन्डरकाे मूल्य ताेकेकाे छ । यसअघि बजारमा खाली सिलिन्डरकाे धराैटी मूल्य जथाभावी लिइएपछि संघले बाग्मती प्रदेशका लागि खाली सिलिन्डरकाे मूल्य २ हजार १ सय रुपैयाँ ताेकेकाे हाे ।
बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित ग्यास किन्दा ३ हजार ४ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ ।
नेपाल आयल निगमले तोकेको ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ३ सय ७५ र सिलिन्डरको धरौटीबापत २ हजार १ सय गरेर भरी ग्याससहित नयाँ सिलिन्डरको मूल्य निर्धारण गरिएको संले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७