काठमाडौँ । पछिल्लाे समय केही घटेकाे सुनकाे मूल्य फेरि बढ्न थालेकाे छ । मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि २० रुपैयाँ वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १३ सय ४० रुपैयाँ कायम भएकाे महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७