काठमाडौं । ३ साता लामाे निषेधाज्ञा खुलेकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँ बढेकाे छ ।
बिहीबारका लागि छापावाल सुनकाे मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनकाे मूल्य ९६ हजार ४ सय रुपैयाँ थियाे ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९६ हजार ३ सय कायम गरिएको छ । हिजो तोलाको ९५ हजार ९ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको हो।
बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय २५ रूपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७