काठमाडाैं । धितोपत्र बजारमा सेयर कारेबार मापक नेप्से परिसूचक साेमबार पनि दोहोरो अंकले घटेको छ ।
अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ।
आज कुल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए। आज कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको सेयर उकालो लाग्दा आठ उपसमूहको सेयर भने ओरोलो लागेको छ।
व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ। यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ।
कारोबारमा आधारमा आज पनि नेपाल पूनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २८ करोड ४० लाख ३७ हजार ६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्याे।
यस्तै नागरिक लगानी कोष रु १५ करोड ६३ लाख तीन हजार ५६९, नेको इन्स्योरेन्स रु नौ करोड तीन लाख १९ हजार ९२७, एनएमबी बैंकको संस्थापक सेयर रु आठ करोड ८२ लाख चार हजार ८८०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु आठ करोड २४ लाख ९५ हजार ६४ र शिवम् सिमेन्ट रु सात करोड ५४ लाख ९४ हजार ८२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
यस्तै, उन्नति सहकार्य लघुवित्त ९.९१, यूनिभर्सल पावर कम्पनी ९.८७, जोशी हाइड्रोपावर ८.८६, नागरिक लगानी कोष ७.९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले कमाए।
एनआरएन इन्फ्रास्टकचर ९.९२, घलेम्दी हाइडङो ६.८५, हिमालयन पावर पार्टनर ५.८८, अरुण काबेली पावर ५.०८ र एआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए। रासस
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७