काठमाडौँ । पछिल्लाे समय लगातार बढ्दै गएकाे सुनकाे मूल्य शुक्रबार पनि बढेकाे छ ।
शुक्रबार सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँ वृद्धि भएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ३ हजार कायम गरिएकाे छ ।
यसैगरी चाँदी पनि प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ४ सय ५ रुपैयाँ कामय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७