काठमाडौँ । पछिल्लाे समय लगातार रेकर्ड राख्दै आएकाे सुनकाे मूल्य बढ्ने क्रम राेकिएकाे छैन । बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।
आज सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । हिजो तोलामा १६ सयले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको सुनकाे मूल्य आज १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लाे दिनकाे तुलनामा बिहीबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७