काठमाडौं । पछिल्लाे समय लगातार रेकर्ड कायम गर्दै आएकाे सुनको मूल्य बुधबार प्रतिताेला नै १ लाख नाघेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकै दिन १६ सय रुपैयाँले वृद्धि हुँदै सुनकाे मूल्य प्रतिताेला १ लाख १ हजार ४ सय रूपैयाँ पुगेकाे छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ९ सय रूपैयाँ कायम भएकाे छ ।
त्यसैगरी महासंघले चाँदीको मूल्य १ हजार २ सय ९५ रूपैयाँ तोकेको छ । अघिल्लाे दिनकाे तुलनामा चाँदी पनि ६५ रुपैयाँ बढेकाे हाे ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस ४० डलरले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना संक्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७