काठमाडाैं । साेमबार थामिएकाे सुनकाे मूल्य मंगलबार पुनः बढेकाे छ।
तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि सुनकाे भाउ महँगो हुँदै गएको हो ।
यसैगरी आझका लागि तेजाबी सुनकाे मूल्य प्रतिताेला ९९ हजार ३ सय ६५ रुपैयाँ कायम गरिएकाे छ ।
आज चाँदीको भाउ भने घटबढ भएको छैन । मंगलबार पनि चाँदीकाे मूल्य साेमबारकै जति अर्थात् तोलाको १ हजार २ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७