काठमाडाैं । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ मा ४५ करोड रुपैयाँ राजस्वमा योगदान दिएको छ ।
उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजस्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।
मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ नगद मौज्दात निक्षेप छ
कोषको यथार्थ सम्पति भने हाल ५१ अर्ब ६१ करोड ४ लाख रुपैयाँ पुगेको छ । केही वर्षअघिसम्म कोषको ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर ५ करोड २ लाख ६६ हजारमा झरेको छ ।
कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार छ ।
उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७