काठमाडौं । लकडाउन खुलेपछिकाे बजारमा दैनिक कीर्तिमान राख्दै आएकाे सुनकाे मूल्य बढ्ने क्रम राेकिएकाे छैन ।
निरन्तर बढ्दै गएकाे सुनकाे मूल्य ताेलाकै लाखकाे छेउमा पुगेकाे छ । सुनको मूल्य शुक्रबार पनि बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्यमा ३ सय रुपैया वृद्धि भएकाे हाे । बिहीबार ९९ हजार रुपैयाँमा छापावाल सुनकाे काराेबार भएकाे थियाे ।
यसैगरी तेजाबी सुन पनि प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेकाे छ ।
पछिल्लाे १ साताकाे अवधिमै सुनकाे मूल्यमा ३ हजार ५ सय रुपैयाँ वृद्धि भएकाे छ । अघिल्लो साता शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन याे शुक्रबारसम्म आइपुग्दा ९९ हजार ३ सय पुगेको हो ।
सुनको मूल्य बढिरहेका बेला चाँदीकाे मूल्य भने घटेकाे छ । बिहीबारकाे तुलनामा २५ रुपैयाँ घटेर चाँदीकाे मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएकाे छ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७