काठमाडौँ । लकडाउन खुलेयता सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै गएकाे । बुधबार पनि सुनको मूल्य प्रतिताेला ३ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९८ हजार २ सय रुपैयाँ प्रतिताेला काराेबार भएकाे छापावाला सुन बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो ।
तेजाबी सुनको मूल्य तोलामा ३ सय ५ रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ७ सय ६० रुपैयाँ थियो ।
सुनकाे मूल्य बढे पनि बुधबार चाँदीकाे मूल्यमा भने झिनाे गिरावट आएकाे छ । मंगलबार १ हजार २ सय ४५ रुपैयाँमा काराेबार भएकाे चाँदी २० रुपैयाँ घटेर १ हजार २ सय २५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७