काठमाडौँ । बुधबार नेपालमा सूनकाे मूल्यमा अस्वाभाविक वृद्धि भएकाे छ । सुनकाे मूल्य तोलाकाे ९४ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
बुधबार एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तैगरी बुधबार तेजाबी सुन तोलामा ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य आज प्रतितोला १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबारकाे तुलनामा चाँदीकाे मूल्यमा ९५ रुपैयाँ वृद्धि भएकाे हाे ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७