काठमाडाैं । धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर १ हजार ४४९.९४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ ।
आज कुल १ सय ८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर १ अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको सेयर बढेको छ भने ८ उपसमूहको सेयर घटेको छ ।
बैंकिङ २०.७५, विकास बैंक १३.०३, जलविद्युत् २१.४५, वित्त ६.२, निर्जीवन बीमा ३१.१८, अन्य ३.८, लघुवित्त ७.०२ र जीवन बीमा १०९.१२ अंकले घट्दा व्यापार २१.८४, होटल ८२.४५, उत्पादन ७४.६४ र सामूहिक लगानी कोषको सेयर ०.०६ अंकले बढेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर १४ करोड २४ लाख ८४ हजार २९९ मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैंक १३ करोड ९७ लाख ५२ हजार ८३९, नेपाल पुनर्बीमा कम्पनी १२ करोड ४२ लाख ९१ हजार ८३२, एनआइसी एसिया बैंक ११ करोड ४४ लाख २५ हजार ६१५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १० करोड २६ लाख ४० हजार ९६६ रुपैयाँमा खरिदबिक्री भयो ।
नेप्से घटे पनि आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै श्रीराम सुगर मिल्स ९.७८, समृद्धि फाइनान्स कम्पनी ९.२८, सोल्टी होटल ६.७६, युनिलिभर नेपाल ६.२५ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५.४७ प्रतिशतले कमाए ।
यसैगरी हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशले गुमाउदा गुराँस लघुवित्त वित्तीय संस्था ९, स्पर्स लघुवित्त वित्तीय संस्था ७.५४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.३१, खानीखोला हाइड्रोपावर ६.८० र विजय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.३४ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७