काठमाडाैं । साताकाे तेस्राे दिन धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक ५.०४ अंकले उकालो लागेर १ हजार ३४७.४४ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता सेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज ५ उपसमूहको सेयरमा वृद्धि भएको छ भने ७ उपसमूहको सेयर ओलारो लागेको छ ।
बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बीमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बीमा १९.४३ले घटेको छ ।
कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर रु ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो ।
यस्तै एनएमबी बैंक रु ६ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स रु ५ करोड १ लाख ६३ हजार ५३४, एनआइसी एशिया रु ४ करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक रु ४ करोड ११ लाख ८८९, साना किसान विकास बैंक रु ३ करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिस्टिलरी रु ३ करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको सेयर रु २ करोढ २३ लाख ५९ हजार ३३० मा कारोबार भयो ।
आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फन्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरधनीले सामान १०-१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फन्ड–२ ९.९९, नेपाल सेवा लघुवित्त ९.९७, घोडाघोडी लघुवित्त ९.९५, गुराँस लघुवित्त ९.९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९.८० र नविल इक्विटी फन्डका लगानीकर्ताले ९.०३ प्रतिशतले कमाए ।
यस्तै समृद्धि फाइनान्स कम्पनी ६.६७, राधी विद्युत् कम्पनी ५.०३, युनाइटेड फाइनान्स ४.०७, मल्टिपर्पोज फाइनान्स ३.६७, विसाल बजार कम्पनी ३.६६, हिमालयन पावर पार्टनर ३.६२, माउन्टेन हाइड्रो ३.६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७