काठमाडाैं । धितोपत्र बजारमा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अंकले घटेर १ हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अंकले घटेर २७९.९५ मा पुगेको छ ।
बुधबार कुल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये २ उपसमूहको सेयर मात्र उकालो लागेको छ ।
व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अंकले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अंकले घटेका छन् ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १४ लाख ९ हजार ८५३, प्रभु बैंक संस्थापक सेयर ६ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक ४ करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक ३ करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिस्टिलरीको ३ करोढ २४ लाख ७४ हजार १८६ रुपैयाँमा खरिदबिक्री भयो ।
घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ५.०८ प्रतिशतले कमाए ।
यस्तै, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका सेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७