काठमाडौं । बिहीबार सेयर काराेबार मापक नेप्से परिसूचक ८० अंकले घटेपछि काराेबार बन्द भएकाे छ ।
कारोबार खुलेको १ घन्टा ४० मिनेटमा ८० दशलमव ४१ अंकले घटेपछि सर्किट ब्रेक लागेर नेप्से बन्द भएको हो।
सुरुआती २३ मिनेटमै ४ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो । फेरि कारोबार खुलेको ३ मिनेटमै थप १ प्रतिशतले नेप्से घटेपछि थप ४० मिनेट बन्द भएको थियो ।
तेस्रोपटक खुलेको बजार १७ मिनेट कारोबार भएपछि आजलाई कारोबार नै बन्द गरिएको हो ।
८० अंक घटेसँगै नेप्से परिसूचक एक हजार २५६ अंकमा आइपुगेको छ। आज सेन्सेटिभ परिसूचक पनि १७ दशमलव ९९ अंकले ओरालो लागेर ६९ दशमलव ०३ अंकमा आइपुगेको छ।
आज नेप्सेमा एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार ८९० कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका समूहमध्ये म्यूचुअल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७